लाटोकोसेरोसहित दुई भारतीय नागरिक पक्राउ

वीरगञ्ज – लाटोकोसेरोसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले लाटोकोसेरोसहित भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी १ बस्ने ४२ वर्षीय मृत्युञ्जय सिंह र भारत विहार पश्चिम चम्पारण थाना नरकटियागञ्ज ग्राम मनिहारी–३ बस्ने ३५ वर्षीय शेख अनवरलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनाले लाटोकोसेरो लिएर भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

उनीहरूको साथबाट लाटोकोसेरोसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय वीरगञ्जमा बुझाइएको खनालले बताए।

 

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्