ललितकलाकर्मी डङ्गोल र साहित्यकार निहारिका पुरस्कृत

काठमाडौँ– ललितकलाकर्मी गोविन्दलाल सिं डङ्गोललाई यस वर्षको ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको छ ।

त्यसैगरी गरी यस वर्षको ‘गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार’ साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ । गङ्की धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलप्रति गङ्गाप्रसाद उप्रेतीले जनही ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरेका छन्।

यसअघि सोही पुरस्कार क्रमशः सङ्गीतकर्मी रामेश श्रेष्ठ र लेखक मल्ल के सुन्दरलाई प्रदान गरिएको थियो ।

विसं २००३ मा काठमाडौँस्थित ब्रह्मटोलमा जन्मिएका ललितकलाकर्मी डङ्गोलले हालसम्म देशविदेशमा एक दर्जनभन्दा बढी पटक एकल तथा सामूहिक कला प्रदर्शन गरिसकेका छन्। स्वदेशमा नारायणहिटी दरबार, भक्तपुर म्युजिक एवं विदेशमा अमेरिका, जर्मन, जापान, थाइल्याण्डलगायत मुलुकमा उनका कलाकृति सङ्ग्रहित छन् ।

त्यसैगरी २०३१ सालमा पाल्पाको गाठादीमा जन्मिएकी साहित्यकार निहारिका विशेष गरेर नारी स्वतन्त्रता र मानव हितका पक्षमा कलम चलाउँदै आएकी छन्। उनले ‘चीरहरण’ र ‘योगमाया’ प्रसिद्ध उपन्यास लेखेर क्रमशः २०७२ सालमा प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार’ तथा २०७४ सालको ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए। कुलपति उप्रेतीले प्रतिष्ठानको नेपाली साहित्य र कलाकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरी साहित्य क्षेत्रलाई प्रोत्साहन गरेको बताए।

प्रतिष्ठानका अध्यक्ष डा अरुण सायमीले प्रतिष्ठानको नेपाली भाषा र नेपालपना अन्य राष्ट्रिय भाषामा समेत लेखिएका उपन्यासलाई सम्मान र प्रात्साहन गर्ने उद्देश्यले साहित्यकार ललितकलाकर्मी डङ्गोल र साहित्यका निहारिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको जानकारी दिए।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्