बलात्कार आरोपित मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लैजाने तयारी

काठमाडौँ- एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ।

स्रोतका अनुसार अनुसन्धानका लागि आज सोमबार म्याद लिने तयारी भइरहेको हो।

पक्राउ परेपछि २४ घण्टाभित्र अदालतमा हाजिर गराउनुपर्ने कानुनी व्यवस्था भएको भएपनि हिजो आइतबार सार्वजनिक विदा भएको कारण आज उपस्थित गराउन लागिएको हो।

एक ब्यूटी प्याजेन्टको क्रममा आयोजकले नै आफूमाथि बलात्कार गरेको दाबी गर्दै एक युवतीले सामाजिक सञ्जालमा भिडियो सार्बजानिक गरेकी थिइन्।

भिडियोमा भनिएका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीको नियन्त्रणमा लिएको हो।

आठ वर्षअघि आफूमाथि बलात्कार भएको दाबी गर्दै एक युवतीले भिडियो सार्वजनिक गरेसँगै त्यस्ता खालका अन्य घट्नाहरु समेत बाहिर आउन थालेका छन्।

स्रोतका अनुसार सामाजिक सञ्जालका माध्यमबाट अन्य दुई–तीन जना युवतीहरु पनि पाण्डेले यौन शोषण गरेको भन्दै प्रहरी सम्पर्कमा आएको बताएका छन्।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्