मनोज पाण्डेलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा सहभागी किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे पक्राउ परेका हुन्। उनलाई प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो।
अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले अनुमति दिएको श्रेष्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए।
पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा उजूरी दर्ता भएको छ।