करको दर घटाउने र दायरा बढाउने गरी काम थालनी गर्ने मेयर कोइरालाको निर्णय

मोरङ – महानगरले संकलन गर्ने करको दर घटाउने र दायरा बढाउने विषय कार्यपालिकामा लैजाने गरी विराटनगरका मेयर नागेश कोइरालाले कामको थालनी गरेका छन्।

महानगरपालिकामा सोमबार मुख्य निर्वाचन अधिकृत भरत लम्सालद्वारा शपथग्रहण गरेका कोइरालाले पदभार ग्रहण गर्दै करको दर घटाउने विषयमा कार्यपालिकामा प्रस्ताव लैजाने गरी गरिएको निर्णयमा हस्ताक्षर गर्दै कार्यभार सम्हालेका हुन्।

सो क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले प्रत्येक आर्थिक वर्षमा महानगर सभाले करको दर र दायरा तय गर्ने गरेको बताए।

सो क्रममा मेयर कोइरालाले सभामा स्थानीय कर तथा राजस्व समितिले तयार गरेको प्रस्तावमा हस्क्षातर गरे। सो प्रस्ताव महानगरसभामा प्रस्तुत गर्दै निर्णय हुने उनले जानकारी दिए।

त्यसैगरी, उपमेयर शिल्पा कार्कीले लैंगिक हिंसा निवारण कोष स्थापना गर्ने गरी निर्णय गरेकी छन्। कोषले हिंसामा परेका महिलाको उद्धार, कानुनी उपचार, पुनःस्थापनाका लागि काम गर्ने बताइएको छ।

सोमबार मोरङ १७ पालिकाका प्रमुखलाई महानगरपालिकामा शपथ ग्रहण गराइएको थियो।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्