पछिल्लो मतगणनामा बालेन शाहको कति मत?

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले सोमबार बेलुकासम्मको मतगणनामा ४७ हजार ४ सय २९ मत ल्याएका छन्।
उनकी प्रतिष्पर्धी गठबन्धन उम्मेदवार सिर्जना सिंहले २८ हजार ५ सय ६ मत ल्याएकी छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६ सय ४२ मत ल्याएका छन्।
काठमाडौँका २१ वटा वडामा मतगणना सकिसकेको छ भने अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २६ को मतगणना भइरहेको छ।