रूपन्देहीको तिलोत्तमामा १२ वर्षकी बालिका बलात्कृत

फाइल तस्बिर।

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएकी छन्।

तिलोत्तमा–५ सीमानगरकी बालिकालाई मिठाइ खुवाउने प्रलोभन देखाएर छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ।

बालिकाको चिच्याएको आवाज सुनेर स्थानीयले उद्धार गरेका थिए। स्थानीयको खबरपछि पुगेको प्रहरीले बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारका लागि लगेको थियो।

बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। ती व्यक्तिविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

अभियुक्तले बालिकालाई बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्