भरतपुरमा अब चार वडाको मतगणना बाँकी

भरतपुर महानगरपालिकामा अब चार वटा वडाको मत गणना गर्न बाँकी छ ।

महानगरका २९ वटा वडामध्ये २५ नम्बर वडासम्मको मत परिणाम आइसकेको छ भने २६ र २७ को गणना भइरहेको छ ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म एक लाख १६ हजार ३६६ मत गणना सकिएको छ ।

गणना सकिएका वडाहरुमा महानगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् ।

महानगर प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले नेकपा (एमाले)का विजय सुवेदीसँग ११ हजारभन्दा बढी मतको अग्रता बनाृएकी छन्।

रेनु दाहालले ४७ हजार ४० मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४  हजार २ सय ६३ मत ल्याएका छन्।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्