दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता

दाङ – दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ ।

वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन् । उनीहरुबीचमा १६१५ मतको अन्तर रहेको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २२७८९ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १६११९ मत पाएका छन् ।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्