राप्ती गाउँपालिका ४ को पहिलो निर्णय – नमस्कार गरी मुस्कान सहितको सेवा

दाङ – राप्ती गाउँपालिका–४ का वडाध्यक्ष विरबहादुर चौधरीले सेवाग्राहीलाई नमस्कारबाट मुस्कान सहितको सेवा दिने निर्णय गरेका छन् । वडाध्यक्ष भएपछि चौधरीको यो पहिलो निर्णय हो। त्यसपछि उनले सेवा लिन वडा कार्यालय आउने सेवाग्राहीको निःशुल्क निवेदन र फोटोकपी सेवा दिने निर्णय गरेका हुन ।

‘निवेदन लेखाउन र फोटोकपीको लागी पैसा तिर्नुपर्ने अवस्था थियो । नजिकमा फोटोकपी गर्ने ठाउँ नहुदा टाढा जानुपर्ने थियो । हामीले वडा कार्यालयबाटै त्यो सेवा निःशुल्क दिने निर्णय ग¥यौं’ राप्ती गाउँपालिका ४ का वडाध्यक्ष विरबहादुर चौधरीले भने–‘यो सेवाबाट आधारभुत वर्गका सेवाग्राहीलाई लाभ पुग्ने छ ।’

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्