तुलसीपुर नगरपालिकामा ५९ हजार मत गन्दा एमाले १६ सय मतले अगाडि

दाङ–तुलसीपुर उपमहानगरपालिकाको मतगणना जारी छ । ५९ हजार ५ सय ६३ मत गणना हुदा एमालेका उम्मेदवाहरुले अग्रता जारी राखेका छन् । पछिल्लो विवरण अनुसार मेयर पदमा एमालेका टिकाराम खड्का १६८५ मतले अग्रता लिएका छन्।

खड्काले २४८९१ मत पाएका छन् । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३२०६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी स्यानी चौधरी फाराकिलो मतान्तरले अघि छिन् । उनले ७२३९ मतले गठबन्धनका उम्मेदवार भन्दा अघि रहेकी छिन् ।

स्यानीले २४५७२ मत पाएकी छिन् भने गठबन्धनका उम्मेदवार जोगबहादुर रानाले १७३३३ मत प्राप्त गरेका छन् ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्