झापा – झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका इन्द्रबहादुर बुडाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै गोपाल बुढाथोकी नगरप्रमुखमा विजयी भएका हुन् ।

उप–प्रमुखमा मीनाकुमारी उप्रेती २१५९० मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्दै मीना उप्रेती उपप्रमुखमा निर्वाचित भएकी हुन्।

भण्डारीले १२५१८ मत प्राप्त प्राप्त गरेका छन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्