भारतमा कोरोनाबाट एकैदिन ४६ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना संक्रमण देखिएको छ।

योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ।

यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो। मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४६ जनाको मृत्यु भएको छ।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ।

भारतमा पछिल्लो समयमा कोरोना संक्रमितको संख्या फेरि बढेको छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्