पोखरामा ५ हजार मत गन्न बाँकी रहँदा धनराज झण्डै ४९ सय मतले अगाडि

काठमाडौँ – पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्य जित नजिक पुगेका छन्।
हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए।
उनले अब ५ हजार मत गन्न बाँकी रहँदा चार हजार ८८६ मतले अग्रता कायम गर्दै जित नजिक पुगेका हुन्।
उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जीत नजिक पुगेकी छिन्।
उनले कांग्रेसकी कोपीला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन्। गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ।