रौतहटको बौधिमाइ नगरपालिकामा एकीकृत समाजवादी विजयी

वीरगञ्ज – रौतहटको बौधिमाइ नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।

नगरपालिकाको मेयरमा ५४ हजार ८१० मतका साथ प्रदिप कुमार यादव विजयी भएका हुन्। उनी निकटतम प्रतिद्वन्द्वीसँग ७८६ मत अन्तरले विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार राजिव रन्जन यादवले ४ हाजार ६२४ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा पनि नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार प्रमिला देवी ४ हजार ८९४ मत ल्याएर विजयी भईन्।

उनी निकटतम प्रतिद्वन्द्वीसँग ४१३ मत अन्तरले विजयी भईन्।

उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादीपार्टीकी शिमा नेशाले ४ हजार ४८१ मत प्राप्त गरिन्। नौ वटा वडाहरु रहेको नगरपालिकाको वडा नम्बर ४,५ र ६ मा एकीकृत समाजवादीले वडाध्यक्ष जितेको छ।

वडा नम्बर १,३ र ७ मा जनता समाजवादी पार्टीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। वडा नम्बर ९ को वडाध्यक्षमा एमाले विजयी भएको छ ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्