माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको कार्यालय सिँहदरबारमा अहिले केही बेरमा बैठक बस्न लागेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

आज (मंगलबार) संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको गुरुङले बताए । बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।

मुख्य सचेतक गुरुङका अनुसार उक्त नीति तथा कार्यक्रममाथि पार्टीको तर्फबाट सदनमा राख्ने धारणा देखि अन्य सबै रणनीति तय गर्ने बारे छलफल हुनेछ ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्