नेपाल यु–१७ एशियन कप छनोटको समूह ‘एफ’मा

फाइल तस्बिर

काठमाडौँ – बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलबार एएफसीले तालिका सार्वजनिक गरेको छ।

एएफसीले मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल समूह एफमा परेको छ। चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनामा र चाइनिज ताइपेइ रहेका छन्।

एएफसीले जारी गरेको तालिकाअनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन। एएफसीले छनोट खेल्न लागेका एशियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलबार तालिका सार्वजनिक गरेको हो।

१० समूहअन्तर्गत समूह डीसम्म पाँच टोली रहेका छन्। यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ।

एशियाली पावर हाउस समूह ‘ए’मा अटाएको छ भने छिमेकी भारत समूह डीमा समावेश छ। सँगै अर्को दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि समूह डीमा नै रहेको छ। यस्तै भुटान र बंगलादेश समूह ईमा छन् भने श्रीलंका समूह जेमा समावेश छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्