धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले लिए सपथ

जनकपुरधाम – धनुषाका नवनिर्वाचित मेयर र अध्यक्षले पद तथा गोपनियताको सपथ लिएका छन्।

धनुषाको १८ वटै स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेपछि मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित मेयर र अध्यक्षलाई पद तथा गोपनियताको सपथ दिलाएका हुन्।

मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभाहलमा आयोजित पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०९ ले गरेको व्यवस्था अनुसार निर्वाचित भएका १८ वटै पालिकाका प्रमुखलाई सपथ ग्रहण गराएका हुन्।

धनुषामा एक उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छन्। अब उनीहरुले पालिकामा निर्वाचित अन्य जनप्रतिनिधिलाई सपथ खुवाउने छन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्