संयुक्त संसद्‌मा राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपराह्न नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।

राष्ट्रपति भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिएकी हुन् ।
१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उनले बताइन् ।
२०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रमविहीन बन्न पुगेको थियो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्