निर्वाचन सम्पन्न गरेको भन्दै राष्ट्रपतिले दिइन् आयोगलाई धन्यवाद

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय तथा यस प्रक्रियामा संलग्न राजनीतिक दल,संघ संस्था र नागरिक सबैलाई धन्यवाद दिएकी छन्।

संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम वाचन गर्नुअघि मंगलबार राष्ट्रपति भण्डारीले निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको बताइन्।

स्थानीय निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न भएको उनको भनाई थियो। राष्ट्रपति भण्डारीले संविधानले तोकेको समयमै स्थानीय निर्वाचन सम्पन्न हुनुले दिगो शान्ति, विकास र सुशासन प्राप्तिका लागि बलियो आधार बनेको समेत बताइन।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्