‘करिब ८५ प्रतिशत नागरिकलाई कोरोना खोपको पूर्ण मात्रा लगाइयो’

काठमाडौँ – सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाइसकिएको जनाएको छ।

राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो तथ्यांक उल्लेख गरिएको हो।

उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ। हालसम्म लक्षित जनसंख्याको करिब ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाइसकिएको छ। त्यसैगरी करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइसकिएको छ। स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन्।’

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्