सबै छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्त्व: राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले छिमेकी र सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएकी छन्।

संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै मंगलबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीबाट सम्पन्न भारतको औपचारिक भ्रमण, भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण र चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको बताएकी हुन्।

यस्तै ग्लास्कोमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा सहभागी भई नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणमा महत्वपूर्ण प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताइन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्