सरकारले छिमेकी र सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिएको छः राष्ट्रपति

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले छिमेकी र सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएकी छन्।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीबाट सम्पन्न भारतको औपचारिक भ्रमण, भारतका प्रधानमन्त्रीको लुम्बिनि भ्रमण र चीनका विदेश मन्त्रीको नेपाल भ्रमणबाट छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको बताएकी हुन्।

यस्तै ग्लास्कोमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघिय सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा सहभागी भइ नेपालले जलवायु परिवर्तन र वातावरण संरक्षणमा महत्वपूर्ण प्रतिवद्धता व्यक्त गरेको समेत उनले बताइन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्