चिरिबाबु प्रतिष्पर्धीभन्दा १६ हजार मतले अगाडि

काठमाडौँ- ललितपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ४० हजार २ सय ६३ मत ल्याएका छन्।
खसेको जम्मा मत ८६ हजार ५ सय ४० मध्ये महर्जन प्रतिष्पर्धीभन्दा १६ हजार ४ सय ५३ मत अगाडि छन्। अब ४ हजार ५०० मत गन्न बाँकी छ।
उनका प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ८१० मत ल्याएका छन्।
त्यस्तै, राप्रपाका अष्ट महर्जनले ५ हजार ५ सय ३४ मत ल्याएका छन्।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले २४ हजार १ सय ३९ मत ल्याउँदा माओवादीका बाबुराज वज्राचार्यले १८ हजार ११ मत ल्याएका छन्।