आजबाट निर्वाचन आचारसंहिता हट्यो

काठमाडौँ – निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ। आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

‘२०७८ चैत २५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता २०७९ जेठ १० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले आज जारी गरेको विज्ञप्तिम भनिएको छ।

आयोगको परामर्शमा २०७८ माघ २४ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९ वैशाख ३० गते एकैचरणमा देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्