बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौँ – सरकारले बन्द भएका विभिन्न उद्योगहरु पुनः सञ्चालनमा ल्याउन विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्।

राष्ट्रपति भण्डारीले वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको सुधार सम्भव नभए मर्जर गर्ने र त्यो पनि सम्भव नभए खारेजीमा लैजाने तयारी भएको बताइन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्