सरकारले काठमाडौँ उपत्यकाको बाहिर चक्रपथ निर्माणको प्रक्रिया अघि बढाउने

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाको बाहिर चक्रपथ निर्माणको प्रक्रिया अगाडि बढाउने भएको छ।

मंगलबार संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे जानकारी गराएकी हुन्।

उनले भनिन्, ‘काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना तयार गरिने छ। काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाइने छ।’

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्