विपन्‍न नागरिकका घरमा विद्युत मिटर निःशुल्क जडान गरिने

फाइल तस्बिर।

काठमाडौँ – विपन्‍न वर्गका नागरिकका घरमा विद्युत मिटर निशुःल्क जडान गरिने भएको छ। विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो।

विद्युत खपत बढाउन महसुल पुनरवलोकनसमेत गरिने भएको छ। सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विद्युतको महसुल छुट गरिदिएको छ।

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन्।

यस पटक भने सरकारले मिटर जडान निशुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्