स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने सरकारको लक्ष्य

काठमाडौँ – सरकारले पर्यटन उद्योगलाई समग्र अर्थतन्त्रको गतिशील आयाम बनाउने घोषणा गरेको छ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय उत्पादनमा जोड दिँदै त्यसलाई पर्यटनसँग जोड्ने लक्ष्य सरकारले लिएको बताइन्।

पर्यटनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने घोषणा सरकारले गरेको छ। ग्रामीण पर्यटन विकास गर्न होमस्टेलाई प्राथमिकता दिइने सरकारको तयारी छ।

ग्रेट हिमालय ट्रेलको स्तरोन्नती, लुम्बनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने सरकारको घोषणा गरेको छ। यस्तै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने भएको छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्