सलमान खानको नेपालमा हुने कार्यक्रम स्थगित

काठमाडौँ- दशरथ रंगशालामा शनिबार हुने भनिएको सलमान खानसहितको सांगीतिक कार्यक्रम स्थगन भएको छ।

आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षाका कारण अहिलेलाई कार्यक्रम स्थगन गरिएको हो। कार्यक्रमका लागि अहिलेसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र चाँडै छलफल गरेर नयाँ मिति तय गरिने पनि आयोजकले बताएका छन्।

कार्यक्रममा सलमान खान, प्रभु देवासहित भारतीय कलाकार आउने भनिएको थियो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्