आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सांकेतिक तस्बिर
सुनसरी – आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी रहेका छन् । उनले ४२ बर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन् ।

उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सौगातलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्