फेरि बढ्यो सवारी साधनको भाडा

काठमाडौँ- सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ।

यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा वृद्धि गरिएको जानकारी दिएको छ।

विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ।

यसअघि विभागले एक साताअघि जे७ ४ गते भाडा बढाएको थियो।

विभागका अनुसार यात्रुबाहक सवारीमा २.१ प्रतिशत, पहाडफ बाटोमा चल्ने मालबाहक सवारीमा २.७ प्रतिशत र  तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा  ३ प्रतिशत भाडा बढेको हो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्