सर्लाहीबाट २३७ किलो गाँजासहित ६ जना पक्राउ

जनकपुरधाम– सर्लाहीमा २३७ किलो लागूऔषध गाँजासहित ६ जना पक्राउ परेका छन्।

मंगलबार बिहान करिब ४ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले २३७.६ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी निरीक्षक शान्ताराम कार्कीको कमाण्डमा खटेको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१३ पत्थरकोट बस्ने कान्छामान थिङको घर तलासी गर्दा प्लाष्टिकको बोरा तथा प्लाष्टिकले बेरिएको अबस्थामा ४६ वटा पोकामा लुकाइछिपाइ राखेको गाँजा फेलापरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए।

प्रहरीले लागूऔषध गाँजासहित लालबन्दी नगरपालिका–१३ पत्थरकोटका ३८ वर्षीय कान्छामान थिङ, २१ वर्षीय सुनिल दोङ, १९ वर्षीय विशाल थिङ, २१ वर्षीय मिलन थिङ, १९ वर्षीय निकेश दोङ र वडा नं. १४ बस्ने १९ वर्षीय राज बम्जनलाई पक्राउ गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्