वीरगञ्ज। फाइल तस्बिर।

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकाको मतगणना सम्पन्न भएको छ। वीरगञ्ज महानगरका ३२ वडामध्ये जनता समाजवादी पार्टी (जसपा)ले सबैभन्दा बढी १३ वडाध्यक्ष जितेको छ।

जसपाबाट वडा नम्बर १ मा मनोज राउत कुर्मी (८५२ मत), ३ मा वैजुलाल स्वर्णकार (१५७० मत), ८ मा रितेश कुमार गुप्ता (११७५ मत), १० मा सुशिल कुमार कानु (१५९६ मत), ११ मा अजय कुमार बरै (९८६ ) मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन्।

यसैगरि जसपाबाटै वडा नम्बर १४ को वडाध्यक्षमा महबुब एलाही अन्सारी (८७५ मत), १५ मा रमेश यादव (१४०१ मत),१६ मा प्रशुराम कुमार चौरसिया (२३४८ मत), १८ मा उमाशंकर तिवारी (७६५ मत), २५ मा अशुतोष चर्तुवेदी (९७७ मत), २९ मा धर्मेन्द्र महतो थारु (११११ मत), ३० मा मनोज यादव (६४१ मत) र वडा नम्बर ३२ को वडाध्यक्षमा रियाज अहम्द (१०९९ मत) वडाध्यक्षमा विजयी भएका छन्।

यी १३ जना वडाध्यक्षमध्ये वडा नम्बर ३ का स्वर्णकार, २९ का थारु र ३२ का वडाध्यक्ष अहम्द दोहोरिएका छन्। उनीहरुले ०७४ सालको निर्वाचनमा पनि वडाध्यक्षमा जितेका थिए।

यस्तै नेपाली कांग्रेस ९ वटा वडामा वडाध्यक्षमा विजयी भएको छ। कांग्रेसबाट वडा नम्बर २ मा महम्द रियाज मियाँ तेली (११२१ मत), ४ मा जगत प्रसाद साह कानु (१०७७ मत), ७ मा हिराकाजी महर्जन (५६३ मत), ९ मा जवाहर गुप्ता (६१२ मत) वडाध्यक्षमा जितेका छन्।

यसैगरि कांग्रेसबाटै वडा नम्बर १९ मा मुकेश चौरसिया (८२० मत), २२ मा द्वारिका महतो (१२९७ मत), २६ मा शम्भु मिश्रा (१०६६ मत), २७ मा हृदय नारायण कुर्मी (१५१८ मत) र वडा नम्बर २८ मा सर्युग महतो धानुकले (२०१७ मत) वडाध्यक्षमा बाजी मारेका छन्। नौ वडाध्यक्षमध्ये वडा नम्बर ४ का कानु, २६ का मिश्रा दोहोरिएका हुन्। उनीहरु अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए।

महानगरको मेयरमा पराजित भएको नेकपा एमालेबाट ८ जना उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्। एमालेबाट वडा नम्बर ५ को वडाध्यक्षमा प्रदीप चौरसियाले (५६० मत), १२ मा सुरेश गुप्ता (८६४ मत), १३ मा हिरालाल गिरी (१०२१ मत), १७ मा संजीव बहादुर क्षेत्री (१२०२ मत) वडाध्यक्षमा विजयी भएका छन्।

यसैगरि एमालेबाट वडा नम्बर २० मा रामकिशोर सिंह (१२२८ मत), २३ मा अवधिकिशोर कुशवाहा (७७६ मत), २४ मा विजयप्रसाद कुर्मी (८६९ मत) र वडा नम्बर ३१ को वडाध्यक्षमा जितेन्द्र यादवले (१३०७) विजयी भएका छन्। यी आठ जनामध्ये वडा नम्बर ५ का चौरसिया र २३ का कुशवाहा दोहोरिएका छन्। उनीहरु अघिल्लो चुनावमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीले वडा नम्बर ६ र २१ गरी दुई वटा वडामा जित हासिल गरेको छ। वडा नम्बर ६ मा जय प्रकाश साह अग्रवाल (९९४ मत) र २१ मा राधाकृष्ण साह रौनियार ८२९ मच प्राप्त गरी वडाध्यक्षमा जितेका छन्।

वीरगञ्ज महानगरको मेयरमा जसपाका राजेशमान सिंह ४६ हजार २१५ मत र उपमेयरमा कांग्रेसका इम्तियाज आलम ३० हजार ०७८ मत ल्याइ विजयी भएका छन्।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्