बाख्रा चराउन गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

फाइल तस्बिर।

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन्।

बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा गएकी उनको साँझ करिब ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण विडारीले जानकारी दिए।

तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ। रासस

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्