रिहान न्यौपानेको केसमा अदालतले भरायो ग्रान्डी अस्पतालसँग ३५ लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौँ- उच्च अदालत पाटनले बालक रिहान न्यौपानेको उपचारमा लापरबाही गरेको भन्दै  ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।

आफ्नो बच्चाको उपचारमा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार फैसला गरेको हो।

यसअघि उपचारमा संलग्न डाक्टरमाथि कारबाही गर्न माग गर्दै उनीहरु मेडिकल काउन्सिल गए पनि  उसले अस्पताल र डाक्टरहरूलाई स्पष्टीकरण सोध्ने निर्णयमात्र गरेको  थियो। काउन्सिलको निर्णयविरूद्ध उनीहरूले पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए।

शल्यक्रिया गरी जन्मिएको बच्चाको उपचार क्रममा लापरबाही भएको भन्दै सञ्जीवले मेडिकल काउन्सिलमा ग्रान्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए। काउन्सिलले बच्चाको उपचार गर्दा ग्रान्डी अस्पतालले लापरबाही गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

असारमा चार वर्ष पुग्ने रिहानको अवस्था अहिले पनि उस्तै छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्