कांग्रेस–जसपाको गठबन्धनमा पहिलो गाँसमै ढुंगा

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जसपाको गठबन्धन भत्किएको छ।

नेपाली कांग्रेस र जसपाको प्रत्यक्ष गठबन्धन भएर मेयरमा कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राईले जितेको नेपालगञ्जको कार्यपालिका निर्वाचनमा भने गठबन्धन भत्किएको हो ।

कार्यपालिकाका लागि कांग्रेसले नेकपा माओवादी केन्द्र र राप्रपासँग गठबन्धन गरेको छ ।

यी तीन पार्टीका नेतृत्वका बीचमा भएको सहमति अनुसार कांग्रेसले निर्वाचित महिला सदस्य मध्येबाट तीन जना र दलित/अल्पसंख्यकबाट एकजना, नेकपा माओवादी केन्द्र र राप्रपाले निर्वाचित महिला सदस्यबाट एक÷एक र दलित/अल्पसंख्यकबाट एक/एक जना लिने सहमति भएको छ ।

बाहिरबाट तीन जना र निर्वाचित मध्येबाट पाँच जना गरी आठ जनालाई कार्यपालिकामा लगिन्छ । कांग्रेस र जसपाको गठबन्धनमा भने पहिलो गाँसमै ढुंगा भनेझै भएको छ ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्