मुकुन्दप्रसाद उपाध्याको ‘झोलुङ्गे पुलमा मेरो जीवन’ पुस्तक लोकार्पण

काठमाडौं- स्व. मुकुन्दप्रसाद उपाध्यायले लेखेको झोलुङ्गे पुलमा मेरो जीवन पुस्तक लोकार्पण भएको छ।

आफू इन्जिनियर भएर देशका विभिन्न स्थानहरुमा झोलुङ्गे पुल निर्माण गर्दा भोग्नु परेका बाधा तथा दुखहरुलाई लेखकले पुस्तकमा उतारेका छन्।

झोलुङ्गे पुल निर्माणका क्रममा त्यहाँ उत्पन्न हुने विवाद साम्य बनाउन भोग्नु परेका दुख, राणाकालमा राणा सरकारले आफ्ना नातागोतामा पर्नेहरुका लागि निर्माण गरीएका पुलहरुको विषयलाई पुस्तकमा समेटिएको छ।

पुल निर्माणका क्रममा बाटोमा भरिया नपाएको विषयबस्तु साँच्चै नै मन छुने विषयवस्तु छ। लेखकले पुस्तकमा लेखेका छन् -‘एक साँझ एकजना मानिसले आफू भरिया हुन तयार रहेको बताउँदै एउटा अचम्मको सर्त तेर्स्याए। उनले भने, ‘जुम्ला पुगेपछि मैले पाउने ज्यालाबापतको रकम धानको चामल उपलब्ध गराएदिनुपर्नेछ। यदि सर्त मान्ने हो भने म जुम्ला जान तयार छु।’

लेखकले झोलुङ्गे पुल निर्माणका क्रममा भोगेका आफ्ना भोगाइहरुलाई रोचक तरिकाले प्रस्तुत गरेका छन्। लेखक उपाध्यायको भने केही समय अघि नै मृत्यु भइसकेको छ। उपाध्यायले लेखेको पुस्तक उनका छोराहरुको पहलमा लोकार्पण गरिएको हो।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्