तुलसीपुरमा एमाले उम्मेदवार खड्का जित नजिक

दाङ – तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ।
७० हजार ४ सय ७४ मत गणना हुँदा एमालेका उम्मेदवारले अग्रता जारी राखेका छन्।
मेयरका एमालेका टिकाराम खड्का करिब ४ हजार मत गणना गर्न बाँकी रहदा ३ हजार ३ सय १० मतले अघिछन्।
उनले २९ हजार ७ सय ३३ मत प्राप्त गरेका छन्। कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि एमालेका उम्मेदवार स्यानी चौधरी ९ हजार १०४ मतले अग्रस्थानमा छिन्।
चौधरीले २९ हजार ५१ मत प्राप्त गरेकी छिन्।
गठबन्धनका उम्मेदवार जोगबहादुर रानाले १९ हजार ९ सय ४७ मत प्राप्त गरेका छन्।