बिर्तामोडबाट पाँच जुवाडे पक्राउ

सांकेतिक तस्विर।

झापा – झापाको बिर्तामोडबाट जुवा खेलिरहेका पाँच जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिर्तामोड–५ बाट जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई तास, कौडा र नगदसहित प्रहरीले पक्राउ गरेको हो।

डालकुमार राईको घरको कोठामा जुवा जन्य खेल खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा इलामको सुर्येदय– १० का ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड –५ का ३६ वर्षीय सन्जीव घतानी, ४२ वर्षीय ससुहाङ चेम्जोङ, ३८ वर्षीय डालकुमार राई (घरधनी) र मेचीनगर २ का ४८ वर्षीय भुपु राई रहेका छन्।

जुवा खेलिरहेको अवस्थाबाट १ लाख ७४ हजार ७३५ रुपैयाँ नगदसहित ३ बुक तास र १५ थान कौडासमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुको इप्रका अनारमनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्