दाङ – तुलसीपुर उपमहानगरपालिकामा एमालेका उम्मेदवारले फराकिलो मतान्तरले जीत हात पारेका छन्। यहाँ गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयरमा एमालेका टिकाराम खड्का विजयी भए।

उनले निकटम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतले पछि पार्दै निर्वाचित भएका छन्।

खड्काले ३१४०८ मत प्राप्त गरे भने गिरीले २७७१७ मत ल्याए। उमेयरमा एमालेका श्यानी चौधरीले फाराकिलो मतान्तरले जित हासिल गरेकी छन्।

मतगणना हुँदाको अवस्थादेखि नै उनले गठबन्धनका उम्मेदवार जोगबहादुर रानालाई पछि पारेकी थिइन्। स्यानीले ९ हजार ५ सय ३१ मतान्तरले जितेकी छन् । स्यानीले ३०५९७ मत प्राप्त गरिन्।

एकीकृत समाजवादीका रानाले २१०६५ मत प्राप्त गरेका छन्। रानाले पराजय भोगेपछि पार्टीको दाङ जिल्ला ईञ्चार्जबाट राजीनामासमेत दिएका छन्।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्