अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ घाइते

अछाम – अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो।

हाइड्रोलिक लिक भएर ट्र्याक्टरको ट्रली पल्टिँदा दुर्घटनामा परेको थियो।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

–न्युज कारखाना

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्