थप ५ जनामा कोरोना पुष्टि, १२८ जना सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

बुधबार ९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १२८ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ८८९ पीसीआर तथा ८२८ एन्टिजेन परीक्षण भएको छ।

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्