ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

सांकेतिक तस्बिर।

बाँके – बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारु छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो।

भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको थियो।
दुबै सवारी साधनसहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जेठ ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्