किसानलाई छैन मल, कृषि सामाग्री कम्पनीको गोदाम रित्तो

दाङ – दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी फूलकुमारी चौधरीले धानको व्याड राख्न चाहिने रासायनिक मल गाउँमा सापट खोजिन । धान रोप्ने दिन नजिकिँदैछ। तर, उनले मल पाउन सकेकी छैनन्। ‘व्याड राख्दा सापट मागियो, अनी काम चल्यो । अब धान रोप्दा के गर्ने होला’ उनले भनिन्– ‘मल नहुने हो भने यो ठाउँमा उब्जनीनै हुदैन ।’

जिल्लामा जम्मा ४०७ मेट्रिकटन डिएपी मल मात्रै स्टक छ । यूरिया मल आउँदै आएको छैन। डिएपी र यूरिया मलको अभाव कायमै छ । कृषि सामाग्री कम्पनी लिमिटेड लमहीमा दुई दिन अघि २५ टन मात्रै डिएपी झरेको छ । यो मल अझैं वितरण गरिएको छैन । मलको आवश्यकता धेरै छ । तर, थोरै मल आउँदा वितरणमा समस्या पर्ने गरेको छ ।

‘यूरिया मल आउदै आएको छैन् । डिएपछी थोरै छ’ कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखाका प्रमुख घनश्याम कहारले भने ‘हामीसँग मल छैन, भए विरतण गर्ने हो ।’

जिल्लाको तीन स्थानबाट अनुदानको रासायनिक मल सहकारी संस्था मार्फत वितरण गर्ने गरिएको छ । घोराहीमा आउने रासायनिक मल रोल्पा, सल्यान र रुकुम पश्चिम सम्म वितरण गर्नुपर्ने जिम्मेवारी रहेको कृषि सामाग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टिआर गौतमले जानकारी दिए ।

घोराहीमा अहिले २३२ मेट्रिक टन डिएपी स्टक छ । तुलसीपुरमा करिब १५० मेट्रिकटन डिएपी स्टक रहेको छ । डिएपी अबको हप्ता÷दश दिनमा वितरण गरिने छ । जेठ र असार दुई महिनाको लागी जिल्लाको घोराही क्षेत्रका लागी १२०० मेट्रिकटन यूरिया र ८०० मेट्रिक टन डिएपी आवश्यक पर्ने हो । तर, यो दुई महिनाको आवश्यकता पुरा गर्ने मलनै कृषि सामाग्री कम्पनीसँग छैन् ।

तुलसीपुर क्षेत्रको लागी १६०० मेट्रिक टन यूरिया र १००० टन डिएपी दुई महिनाको लागी आवश्यक पर्ने भएपनि मल छैन । लमही क्षेत्रको लागी पनि १००० मेट्रिक टन युरिया र ७०० मेट्रिकटन डिएपी आवश्यक पर्ने देखिन्छ । तर, कृषि सामाग्री कम्पनीमा मल छैन । पछिल्लो पटक दाङमा आएको डिएपी मल ईजिप्टमा बनेको हो । अहिले सम्म नेपालमा चिन र साउदी अरवबाट रासायनिक मल आउने गरेको छ ।

रुस–युक्रेन युद्धको प्रभावले मल अभाव

नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग छैन् । तेस्रो मुलुकबाट नेपालमा हरेक वर्ष रासायनिक मल आयात गर्ने गरिन्छ । सरकारले मल खरिद गरेर किसानलाई सहुलियत मुल्यमा विक्रि वितरण गर्दै आएको छ । तर, अहिले रुस र युक्रेनको विचमा जारी युद्धले विश्वभर रासायनिक मलको अभाव देखिएको छ ।

जसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा रासायनिक मल भित्रिएको छैन् । ‘युद्धको प्रभावले गर्दा मल उत्पादन घट्न पुग्यो । उत्पादन घट्दा माग बढ्यो । जसले गर्दा पु¥याउन नसक्दा हाम्रो देशमा पनि मलको अभाव देखियो’ कृषि सामाग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टिआर गौतमले भने– ‘अन्र्तराष्ट्रिय बजारमा मुलको अभावसँगै मूल्य पनि दुई गुणा बढेको छ । सरकारले किनेर ल्याउने मुल्य बढेको हो ।’

नेपाल सरकारले भारत सरकारसँग रासायनिक मल किन्ने तयारी गरेको छ । नेपाल सरकारले भारत सरकार संग सिधै ‘जिटुजी’ मार्फत मल किन्ने बारेमा छलफल अघि बढेको छ । यो निर्णय भयो र कार्यान्वयनमा आयो भने अहिले देखिएको मलको समस्या केही हद सम्म समस्या हुने देखिन्छ ।    

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्