काश्मिरका पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैद

एजेन्सी – भारतको एक अदालतले काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ।

आतंकवादलाई आर्थिक सहयोग गरेको अभियोगमा राजाधानी नयाँ दिल्लीस्थित अदालतले ५६ वर्षीय मलिकलाई जन्मकैदको सजाय सुनाएको हो।

उनीमाथि आतंकवादी कार्य र आपराधिक षड्यन्त्रमा संलग्न रहेको तथा आर्थिक सहयोग गरेको अभियोग लागेको छ।

मलिकले सन् १९९० को दशकमा हतियार त्यागेको अदालतलाई बताए। उनलाई गत हप्ता दोषी ठहर गरिएको थियो।

मुस्लिम बाहुल्य कश्मीरमा सन् १९८९ मा भारतको शासनविरुद्ध सशस्त्र विद्रोह सुरु भएयता दशौँ हजार मानिस मारिएका छन्।

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्