अक्षयको ‘पृथ्वीराज’लाई पहिरन जुटाउनै दुई वर्ष

एजेन्सी – अभिनेता अक्षयकुमार ऐतिहासिक चलचित्र ‘पृथ्वीराज’लाई लिएर निकै चर्चामा छन्।

यो चलचित्र ३ जुनमा रिलिज हुँदैछ। यो चलचित्रका कलाकार चलचित्र प्रमोसनमा व्यस्त छन्।

यो एक कालखण्डको फिल्म हो, जसमा सम्राट पृथ्वीराजको शोर्य गाथालाई देखाइएको छ। तर, यो चलचित्रको छायाँकन गर्न त्यति सजिलो भने थिएन।

किनकी कुनैपनि ऐतिहासिक कालखण्डको कथालाई चलचित्रमा देखाउँदा त्यसको कथाले दर्शकलाई छुवाउनेदेखि लिएर त्यसको पृष्ठभूमि र ९ सयवर्ष पुरानो भारत देखाउन आवश्यक थियो। जसका लागि निर्मातादेखि प्राविधिक सबैले निकै पसिना बगाउनु नै परेको थियो।

यो चलचित्रमा १२ औँ शताब्दीको दिल्ली, कन्नौज र राजस्थान देखाउन त्यति सजिलो थिएन। त्यो समयमा भारत कस्तो थियो भन्ने सबैमा चासो थियो।

त्यही चासोलाई पुरा गर्न चलचित्रकर्मीले निकै मिहिनेत गरेका थिए। चलचित्रकै लागि करोडौँको लागतमा सेट बनाइयो र त्यही सुटिङ पूरा भयो।

तर निर्माताहरुलाई सेटभन्दा पनि बढी तनाव कलाकारको पहिरनले दियो। किनकी चलचित्रमा अलगअलग प्रान्तका मानिस देखाइनुपर्ने थियो।

त्यहीकारण ती प्रान्तका मानिससँग जोडिएर पहिरन डिजाइन गर्नुपर्ने थियो। तर राजस्थानको धौलपुरमा बस्ने सञ्जीव राज परमारले यो काम पूरा गरे।

चलचित्रका लागि चाहिने आवश्यक कपडा, आभुषण कस्तो हुनेछ भनेर सञ्जीवले करिब ६ महिनादेखि यसको अनुसन्धान गरे।

उनी विभिन्न स्थानमा पुगे र आवश्यक जानकारी संकलन गरेपछि पहिरन तयारको काम सुरु गरे। जयपुर, जोधपुर, मण्डोर, बीकानेरबाट उनले राजपुत पोशाक तयार पारे।

बाडमेर, जेसलमेर, नागोर जस्ता स्थानबाट मोजडी र अन्य केही कष्ट्युम तयार पारे। यो काम गर्न करिब दुई वर्ष लाग्यो।

चलचित्रमा मोहम्मद गौरीको शासनकाललाई देखाइएको छ। यसका लागि निर्देशकलाई अफगानी साम्राज्य देखाउन आवश्यक थियो।

पहिरन पनि त्यही समयको चाहिएको थियो। त्यहीकारण निर्माताहरुले काबुलबाट विशेष किसिमको कपडा मगाए।

उनीहरुले अफगानी चाँदी मगाएर पनि त्यो समयको गहना तयार पारे। यो गहना मोहम्मद गौरीको लागि बनाइएको थियो। बाँकी अफगानी चरित्रका लागि लद्दाखबाट कपडा मगाइएको थियो।

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्