टेक्सासको विद्यालय बाहिर बन्दुक बोकेका विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सासमा एक विद्यार्थी बन्दुक सहित पक्राउ परेका छन्। उनीसँग ‘एके–४७ स्टाइल पेस्तोल’ र ‘रिप्लीका एआर–१५ स्टाइल’ रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका विद्यार्थी रिहार्डसन शहरमा रहेको उच्च माध्यमिक विद्यालय भन्दा बाहिरका रहेका र १८ विद्यार्थीको हत्या भएको उभाल्दे विद्यालयभन्दा ३ सय ५० माइल पर रहेको जनाइएको छ।

प्रहरीलाई ९११ मा बर्कनर हाइस्कूल अगाडि राइफल बोकेका विद्यार्थी देखा परेको भनेर खबर आएको थियो। प्रहरीले त्यसपछि उक्त विद्यार्थीलाई पक्राउ गरेका हुन्। उनी चढेको कारमा अवैध बन्दुक फेला परेपछि उनलाई गैरकानुनी रुपमा हतियार बोकेको आरोप लगाइ हिरासतमा राखिएको छ।

विद्यार्थीको उमेरहदका कारण अरु जानकारी खुलाइएको छैन। यो घटना उभाल्दे विद्यालयमा १८ विद्यार्थीको गोलि प्रहारबाट मृत्यु भएको दोस्रो दिनमा भएको हो।

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्