काठमाडौँ महानगरपालिका–१३ मा एमाले विजयी

काठमाडौँ – काठमाडौँ महानगरपालिका–१३ मा नेकपा एमाले विजयी भएको छ।

एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर वडाध्यक्षमा निर्वाचित भएका हुन्।

उनी ३ हजार १२४ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए।

महिला सदस्यमा एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि एमालेकै मैयाँ देउला विजयी भएका छन्।

खुला सदस्यमा पनि एमालेका रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए।

महानगरको अन्तिम मतपरीणाम आउन बाँकी छ। अहिले वडा नम्बर १४, १५ र १६ को मतगणना जारी छ।

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्