राजिनामा पछि रवीन्द्र मिश्रको अभिव्यक्ति : ‘मन लाग्यो भने सिनेमामा अभिनय गरुँला!’

फाइल फोटो।

काठमाडौँ – विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट बुधबार राजिनामा दिएका रवीन्द्र मिश्रले यो विषयमा थप टिप्पणी गर्न नचाहेको बताएका छन्। उनले पार्टी अध्यक्षमा राजिनामा दिएपछि धेरैले के गर्ने भनेर सोधिरहेको उल्लेख गर्दै ‘भगवानले जे इच्छा गरेका छन्, त्यही गर्ने र साथमा कविता, किताब लेख्ने, परोपकारी काम गर्ने र मन लाग्यो भने सिनेमामा अभिनय गर्ने उल्लेख गरेका छन्।’

उनले फेसबुकमा लामो स्टेटस लेख्दै राजिनामा दिएपछि धेरै साथीहरु र सञ्चारमाध्यमबाट फोन आइरहेकोले विज्ञप्तीमा नै धेरै कुरा उल्लेख गरिएकोले कुनै पनि सञ्चार माध्यमसँग थप टिप्पणी गर्न नचाहेको बताएका छन्। उनले अगाडि लेखेका छन्, ‘यति धेरै प्रतिकूलताहरूबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सद्भाव देखाएर सन्देश पठाउने सबैप्रति ह्रिदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र१ ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छुस् मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। “बरू नष्ट हुँला, भ्रष्ट हुन्न” भनेर मैले भन्ने गरेकै छु।ु

उनले आफूले राजिनामा दिएपछि पार्टीका अन्य सदस्यले पनि राजिनामा दिन थालेको र तयारी गरेको थाहा पाएको बताएका छन्। उनले राजिनामा दिने तयारी गरेकाहरुलाई राजिनामा नदिन आग्रह गरेका छन्।

‘कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।’

उनले लेखेका छन्, ‘कतिपय साथीहरूले “अब तपाईं के गर्नु हुन्छरु” भनेर सोधि रहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। मेरो राजनीतिको प्रमुख उद्देश्य “देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु” थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि “विचारभन्दा माथि देश” लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकि, “उपरवाले की इच्छा !”

उनले व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘आगामी दिनमा कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरुँला र मन लाग्यो भने सिनेमामा अभिनय गरुँला!’

जेठ १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्